महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै वर्ष नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२४ का लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
महिला साफ च्याम्पियनसिप आगामी अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालमै आयोजना हुनेछ । उक्त प्रतियोगिताका लागि घोषित प्रारम्भिक चरणको टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, कुश्मा राई, सुनिता भुलान र उषा नाथ रहेका छन् ।
यसैगरी, टोलीमा गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, बिमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्की, बिमला चौधरी, लिला जोशी, सुशिला चौधरी र सावित्रा भण्डारी रहेका छन् ।
यसैगरी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर र अनिता लाम्गेलले पनि स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण