भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ
काठमाडौँ । भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ परेका छन् । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजनीमा संलग्न रहेको आरोपमा नागरिक प्रतिरक्षा बलमा आबद्ध झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको बताए ।
प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ट्रक आगजनीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको उनले बताए ।
सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी–स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजनीबाट घाइते भएका दुवै ट्रकका चालकहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण