श्रीलंकामा पूर्वशिक्षाविद् हरिणी अमरसूरिया तेस्रो महिला प्रधानमन्त्रीमा मनोनीत
कोलम्बो । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्री चयन गरेका छन् । उनले मंगलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसको साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । श्रीलंकाको इतिहासमा प्रधानमन्त्री बन्ने उनी तेस्रो महिला हुन् । दिसानायके र अमरसूर्या दुवै वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनका सदस्य हुन् ।
आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने अनुमान गरिएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ । ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ,’ पार्टीका सदस्य नमल करुणारत्नेले भनेको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ । अबको २४ घण्टाभित्र संसद् विघटन हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण