नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् ।
बुधबार जितिया पर्वका सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवा यस्तो बताएका हुन् । उनले जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको सभापति देउवाको भनाइ छ । यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ ।
सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण