एन्कुंकुको ह्याट्रिकले चेल्सी चौथो चरणमा
बुधबार, ०९ असोज २०८१, ०८ : ५०
लण्डन । क्रिस्टोफर एन्कुंकुको ह्याट्रिकको मद्दतले चेल्सीले काराबाओ कपमा लिग टु टोली ब्यारोमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेल ५–० गोल अन्तरले जित्दै टोली प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको हो ।
खेलको आठौँ मिनेटमा नै एन्कुंकुले चेल्सीलाई अग्रता दिलाएका थिए । १५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । २८ औँ मिनेटमा चेल्सीले आत्मघाती गोल उपहार पाएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै पेड्रो नेटोले चौथो गोल गरे । ७५ औँ मिनेटमा एन्कुंकुले आफ्नो ह्याट्रिक पुरा गरे । फ्रेन्च खेलाडीले ८ खेलमा टोलीका लागि ६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण