नागरिक उन्मुक्तिका उपाध्यक्षसहित २६ जना केन्द्रीय सदस्य राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा प्रवेश गरेका छन् । यादवसहित ती केन्द्रीय सदस्यहरूले आफ्नो पदबाट राजीनामा दिएर महतोको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।
उनीहरुले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी नागरिक उन्मुक्ति पार्टी छाडेर राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो गर्दै उनीहरुले सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गरेका छन् । पार्टी नेतृत्व पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।
पार्टीभित्र देखा परेको साङ्गठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका तर नसुध्रिने अवस्था देखेर पार्टीबाट अलग हुने निर्णय लिएको उनीहरुले बताएका छन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्– ‘हामीलाई पहिचान सहितको सङ्घीयता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ । अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण