भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, ०९ असोज २०८१, २० : ४२
काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि सेमिफाइनल पुग्न बुधबार भुटानलाई हराउनै पर्ने बाध्यता थियो भने भुटानलाई बराबरीले पर्याप्त हुने थियो । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा अग्रता भने भुटानले लिएको थियो । घरेलु टोलीका लागि योन्टेन थारचेनले ४३ औँ मिनेटमा गोल गरे । तर कृष्णबहादुर आलेले ५६ औँ मिनेट र सुजल डंगोलले ८४ औँ मिनेटमा गोल गर्दै नेपाललाई पुनरागमन जित दिलाए ।
थिम्पुमा जारी प्रतियोगिताको समूह बीमा दोस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलमा नेपालले समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण