आईएमएफले पाकिस्तानलाई दियो ७ अर्ब डलरको कर्जा
इस्लामावाद । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नगद अभावबाट गुज्रिरहेको पाकिस्तानका लागि ७ अर्ब डलर बराबरको कर्जा पारित गरेको छ । यो कर्जाको पहिलो किस्ता अन्तर्गत पाकिस्तानले छिटै १ अर्ब डलर पाउने छ । बाँकी रकम तीन वर्षको अवधिमा उपलब्ध गराइनेछ । कोषको यस निर्णयको पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले स्वागत गरेका छन् ।
उनले कोषकी प्रमुख क्रिष्टिलिना जर्जेभा र उनको टिमप्रति कृतज्ञता व्यक्त गरेका छन् । सन् १९५८ यता पाकिस्तानले कोषबाट २० ओटा भन्दा धेरै कर्जा लिइसकेको छ । अहिले पाकिस्तानको लागि आईएमएफ पाँचौँ ठुलो कर्जादाता हो । नयाँ कर्जा कार्यक्रमका लागि कोषले अर्थतन्त्रलाई स्थिर बनाउन र लचिलो बनाउन राम्रो नीति र सुधार चाहिने सर्त राखेको थियो । यो कोषबाट आफूले लिने अन्तिम कर्जा हुने वाचा पाकिस्तानले गरेको छ ।
यो कर्जा लिन पाकिस्तानले व्यवसाय र सर्वसाधारणहरूबाट असुल्दै आएको करको आकार बढाउनेलगायत कयौँ अप्रिय उपायहरू अपनाएको थियो । आईएमएफले सन् २०२३ को जुलाईमा पाकिस्तानको वित्तीय उद्धारका लागि ३ अर्ब डलर प्याकेज पारित गरेको थियो । यसबाहेक पनि साउदी अरब र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूबाट पनि पाकिस्तानले आर्थिक सहायता पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण