आईएमएफले पाकिस्तानलाई दियो ७ अर्ब डलरको कर्जा

इस्लामावाद । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नगद अभावबाट गुज्रिरहेको पाकिस्तानका लागि ७ अर्ब डलर बराबरको कर्जा पारित गरेको छ । यो कर्जाको पहिलो किस्ता अन्तर्गत पाकिस्तानले छिटै १ अर्ब डलर पाउने छ । बाँकी रकम तीन वर्षको अवधिमा उपलब्ध गराइनेछ । कोषको यस निर्णयको पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले स्वागत गरेका छन् ।
उनले कोषकी प्रमुख क्रिष्टिलिना जर्जेभा र उनको टिमप्रति कृतज्ञता व्यक्त गरेका छन् । सन् १९५८ यता पाकिस्तानले कोषबाट २० ओटा भन्दा धेरै कर्जा लिइसकेको छ । अहिले पाकिस्तानको लागि आईएमएफ पाँचौँ ठुलो कर्जादाता हो । नयाँ कर्जा कार्यक्रमका लागि कोषले अर्थतन्त्रलाई स्थिर बनाउन र लचिलो बनाउन राम्रो नीति र सुधार चाहिने सर्त राखेको थियो । यो कोषबाट आफूले लिने अन्तिम कर्जा हुने वाचा पाकिस्तानले गरेको छ ।
यो कर्जा लिन पाकिस्तानले व्यवसाय र सर्वसाधारणहरूबाट असुल्दै आएको करको आकार बढाउनेलगायत कयौँ अप्रिय उपायहरू अपनाएको थियो । आईएमएफले सन् २०२३ को जुलाईमा पाकिस्तानको वित्तीय उद्धारका लागि ३ अर्ब डलर प्याकेज पारित गरेको थियो । यसबाहेक पनि साउदी अरब र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूबाट पनि पाकिस्तानले आर्थिक सहायता पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद र बिर्सिन नहुने केही सवाल
-
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’
-
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
-
देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची