एन्फा महिला लिग फुटबल : चन्द्रपुरलाई हराउँदै वालिङ नगरपालिका दोस्रो चरणमा
काठमाडौँ । आफ्नो महत्त्वपूर्ण खेलमा रोमाञ्चक जित हात पार्दै वालिङ नगरपालिका एन्फा महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । वालिङ नगरपालिका बिहीबार सम्पन्न खेलमा चन्द्रपुर नगरपालिकामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हात पार्दै दोस्रो चरणमा पुगेको हो ।
जितसँगै वालिङ नगरपालिकाले नौ खेलबाट १५ अंक बटुलेको छ । प्रारम्भिक चरणमा पाँच जित र चार हारको नतिजा निकालेको वालिङ नगरपालिका तालिकाको चौथो स्थानमा आसिन छ । नौ खेलबाट आठ अंक जोडेको चन्द्रपुर नगरपालिका भने आठौँ स्थानमा छ ।
चन्द्रपुर नगरपालिका पहिलो चरणबाटै बाहिरिएको छ । आठ खेलबाट २२ अंक जोडेको सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो, समान खेलबाट १९ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो र समान खेलबाट १८ अंक हात पारेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छन् । यी तीनवटै टोली दोस्रो चरणमा पुगिसकेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार खेलिएको खेलमा वालिङ नगरपालिकाका लागि शुक्रिया मिया र ज्याकलिन नसालीले एक–एक गोलको योगदान गरे । चन्द्रपुरका लागि भने एकमात्र गोल सुनिता सुनारले गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित उक्त प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । पहिलो चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने पाँचवटा टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ । अब दोस्रो चरणमा पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण