विपद् उत्थानशील नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशील बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए । उनले जलवायु परिवर्तनका अनुकूलन एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए ।
गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशील बनाउन थप प्राविधिक एवम् वित्तीय स्रोतको आवश्यक रहेको बताए ।
उनले भने, ‘तथ्यांकमा भन्नुपर्दा सन् २०१५ देखि २०२२ को अवधिमा मात्रै विपद्का कारण नेपालमा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमध्ये आधा सङ्ख्या महिलाको छ । विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा बहुआयामिक हानी पुर्याएको छ । जसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको छ ।’
गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदायहरूलाई धेरै हानी पुर्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण