धरौटीमा छुटे रास्वपाका पूर्वसांसद ढाकाकुमार
बिहीबार, १० असोज २०८१, १८ : १०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागु औषध कारोबारको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ढाका धरौटी बुझाएर रिहा भइसकेका छन् ।
उनी प्रतिबन्धित औषधि (लागु औषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए । लागु औषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा उनलाई फार्मेसीबाट पक्राउ गरिएको हो । प्रहरी बयानका क्रममा ती युवकले उक्त लागु औषध ढाकाकै फार्मेसीबाट ल्याएको बताएका थिए ।
बयान दिएको ती व्यक्तिलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण