इजरायल–हिजबुल्लाह द्वन्द्व : युद्धविराम गर्न इजरायलले गर्याे अस्वीकार
तेल अभिभ । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले उत्तरी छिमेकीसँग युद्धविराम नहुने बताएका छन् ।
इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्ने उनले सामाजिक सञ्जालमा भनेका छन् ।
यसअघि इजरायल र लेबनानबिचको सीमामा जारी द्वन्द्वका बिच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्णशक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन् । १२ अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका थिए । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भने युद्धविरामको खबरमा कुनै सत्यता नभएको र यो अमेरिका, फ्रान्सको प्रस्ताव मात्रै भएको अनि यसबारे प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका नदिएको भनेर भनेको थियो ।
उत्तरी क्षेत्रमा संघर्ष कम गर्न निर्देश दिइएको खबर पनि गलत भएको बताइएको थियो । ‘प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिनुभएको छ । र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म लडाई जारी रहनेछ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण