प्रदेश योजना आयोगको सदस्यद्वयमा कोइराला र गच्छदार नियुक्त
मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका सदस्यद्वय भवानीप्रसाद बराल र नमिता न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको र उनीहरूको स्थानमा कोइराला र गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।
बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन प्रदेशसभासमक्ष पेस गर्ने निर्णय गरेको छ भने प्रदेश सचिव हेमराज तामाङलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको रिक्त प्रदेश सचिव पदमा कामकाजमा खटाउने निर्णयसमेत गरेको छ ।
विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट परिमिटसम्बन्धी नियमावली, २०८१ स्वीकृत गरिएको छ र भोलि (असोज ११) गते ११ बजे विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट इजाजत परिमिटको स्टिकर सार्वजनिक गर्ने कार्यक्रम रहेकोसमेत प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण