एन्फा महिला लिग फुटबल : एपीएफ क्लब अपराजित रहँदै दोस्रो चरणमा
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । विभागीय टोली एपीएफले शुक्रबार सम्पन्न खेलमा बागमती युवा क्लबलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा एपीएफका लागि रश्मीकुमारी घिसिङ एक्लैले चार गोलको योगदान गरिन् । अनिता बस्नेत र सविता रानामगरले पनि एक–एक गोल गरे । एक गोल भने बागमती युवा क्लबका खेलाडीबाट आत्मघाती रूपमा भएको थियो ।
एपीएफ क्लबले नौ खेलबाट २५ अंक बटुल्यो । एपीएफ क्लब आठ खेलमा विजयी भयो भने एक खेलमा बराबरीमा रोकिएको थियो । पराजित बागमती युवा क्लबले समान खेलबाट १० अंक जोड्यो । बागमती तालिकाको छैटौँ स्थानमा छ ।
आठ खेल खेलेको त्रिभुवन आर्मी क्लब १९ अंकसहित दोस्रो, समान खेल खेलेको नेपाल पुलिस क्लब १८ अंकसहित तेस्रो, नौ खेल खेलेको वालिङ नगरपालिका १५ अंकसहित चौथो र नौ खेल खेलेको कोशी प्रदेश १४ अंकसहित पाँचौँ स्थानमा छन् ।
एपीएफ क्लबसँगै आर्मी क्लब, पुलिस क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा पुगिसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित उक्त प्रतियोगितामा १० वटा टोलीको सहभागिता छ । पहिलो चरणको समाप्तिपछि अंक तालिकाको माथिल्लो पाँच स्थानमा रहने टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण