बहराइनसँग हारेपछि नेपालको अगाडि बढ्ने सम्भावना समाप्त
काठमाडौँ । ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ अन्तर्गत शुक्रबार खेलिएको आफ्नो चौथो खेलमा नेपाली टोली पराजित भएको छ । चाइनिज ताइपेइमा खेलिएको उक्त खेलमा बहराइनले नेपाललाई ४–० गोलले हराएको हो ।
हारसँगै नेपाली टोलीको अगाडि बढ्ने सम्भावना पनि समाप्त भएको छ । जारी छनोट प्रतियोगितामा नेपालले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाली टोलीले आयोजक चाइनिज ताइपेइलाई ३–१ गोलले हराएको थियो । उक्त खेलमा नेपालका लागि समिर तामाङले ह्याट्रिक गरेका थिए । तेस्रो खेलमा भने उज्बेकिस्तानले नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा नेपाल र बहराइन समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा दुई खेलबाट ६ अंक बटुलेको उज्बेकिस्तान पहिलो, तीन खेलबाट ६ अंक जोडेको कम्बोडिया दोस्रो, तीन खेलबाट ६ अंक हात पारेको बहराइन तेस्रो, चार खेलबाट तीन अंक बटुलेको नेपाल चौथो र दुबै खेलमा पराजित भएको चाइनिज ताइपेइ पाँचौँ स्थानमा छन् । नेपालवाहेक अन्य टोलीको अगाडि बढ्ने सम्भावना जिवितै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण