सहकारी ठगी प्रकरण
सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ
शुक्रबार, ११ असोज २०८१, १६ : १९
काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।
प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए ।
नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण