डेंगी नियन्त्रणको नीति बनाउन स्वास्थ्यमन्त्री पौडेलले बनाए कार्यदल गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेंगी रोकथाम तथा नियन्त्रणका लागि नीति तथा योजना तयार पार्न कार्यदल गठन गरेको छ । मन्त्रालयले शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको नेतृत्वमा शुक्रबार तीन सदसीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्यसचिव तोकिएका छन् ।
देशैभर अस्पतालमा डेंगीका बिरामी बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका थिए । उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ ।
कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी, समुदायस्तरमा डेंगी नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण