राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन
शनिबार, १२ असोज २०८१, १० : ३६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न सरकार गम्भीर रहेको मन्त्री लेखकले बताएका छन् । उने देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेका छन् ।
सबैलाई आफू नजिक जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न उनको अपिल छ । उनले यस विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तदारुकताका साथ बेपत्ताहरूको खोजी, पीडितलाई राहत तथा उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण