एमाले नेतृ शान्ता चौधरीको अचार गोदाम डुबानमा
शनिबार, १२ असोज २०८१, १२ : १५
काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार गोदाम डुबानमा परेको छ । गएराती देखिको अविरल बर्षाका कारण ग्वार्को खोलामा आएको बाढीले उनको अचार राखेको ठाउँ डुबेको हो । ग्वार्कोमा खोला छेउ रहेको घरको तल्लो तलामा अचार गोदाम डुबेपछि सामाजिक सञ्जालबाट चौधरीले चिन्ता व्यक्त गरेकी छिन् ।
साथीभाईको सहयोगबाट डुबानमा परेको सबै अचार निकालीसकेको र खासै क्षति नभएको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा उनले बाढी आएको ठाउँमा पुगेको चिन्तित अवस्थाको फोटो पोष्ट गरेकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ता मध्ये कतिपयले
उनलाई सहानुभूति प्रकट गरेका छन् भने कतिपयले नदी किनार खाली गर्नुपर्छ भन्दा काठमाडौँ महानगर प्रमुख बालेनलाई अझै गाली गर भन्दै कटाक्ष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण