हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मारिएको इजरायलको दाबी
शनिबार, १२ असोज २०८१, १३ : ३२
तेल अभिभ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी बेरुतमा गरेको हवाई हमलामा हिजबुल्लाहको मिसाइल युनिट कमाण्डर मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल मारिएको दाबी गरेको छ। आईडीएफले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएको हो।
पोस्टमा लेखिएको छ, ‘अली इस्माइल इजरायलमा धेरै आतङ्कवादी हमलाहरू निर्देशित गर्न जिम्मेवार थिए। जसमा इजरायली क्षेत्रतर्फ रकेट प्रहार गर्ने र बुधबार मध्य इजरायलतर्फ सतहदेखि सतहमा मार हान्ने मिसाइलहरू प्रहार गर्ने समावेश छन्।’
हिजबुल्लाहको मिसाइल र रकेट फोर्सका प्रमुख इब्राहिम मुहम्मद काबिसीको पनि मृत्यु भएको आईडीएफले जनाएको छ । यीबाहेक अन्य वरिष्ठ कमाण्डरको पनि मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण