अमेरिकाबाट प्रधानमन्त्री ओलीले भने– वर्षा पूर्ण रूपमा रोकिन भोली दिउँसोसम्म लाग्ने अनुमान छ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर बाढी र पहिरोले निम्त्याएको विपद्को सामना गर्न सुरक्षाकर्मीहरूलाई सक्रिय रूपमा खटाइएको जानकारी गराउँदै सबै नागरिकलाई उद्धारमा सहयोग गर्न आह्वान गरेका छन् ।
शनिवार अमेरिकाबाट फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले वर्षाले क्षति पुर्याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतका सरकारी अधिकारीहरूसँग उद्धारका प्रयासहरूका लागि समन्वय गरिएको बताएका छन् । सरकारले सोही योजनाअनुसार देशैभर हजारौँ उद्धारकर्मीहरू तैनाथ गरेको ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्–‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरू कार्य क्षेत्रमा खटिरहनु भएको छ । विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ ।’
उनले प्रभावित क्षेत्रहरूको जानकारी तत्काल सुरक्षा निकायलाई उपलब्ध गराउन आग्रह गर्दै, उद्धारका प्रयासहरूलाई सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेका छन् । ओलीले आफूले मौसमविद्सँग परामर्श गरेको र वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने अनुमान गरिएको पनि उल्लेख गरेका छन् ।
उनले संयुक्त राष्ट्रसंघको महासभाका कार्यक्रम सकेर स्वदेश फर्किन तयारीमा रहेको बताएका छन् तर कहिले फर्किने भन्नेबारे उल्लेख गरेका छैनन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली हाल अमेरिका भ्रमणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण