राहत तथा उद्धारमा जुट्न सभामुखको अपिल
काठमाडौँ । सभामुख देवराज घिमिरेले तीन दिनदेखि लगातार भएको भारी वर्षाका कारण देशभर ठुलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले आफूलाई स्तब्ध बनाएको बताएका छन् । सभामुख घिमिरेले बाढी पहिरोमा परी दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
उनले विपद्मा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । वर्षा भोलिसम्म जारी रहने पूर्व अनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रहरूमा सम्भव सबै सुरक्षा अपनाउन घिमिरेको आग्रह छ ।
‘नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गर्दछु,’ उनले जारी गरेको अपिलमा भनिएको छ, ‘विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक संघसंस्था र आम नेपाली जनतामा आह्वान गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण