टंकले गरे ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता
सोमबार, १४ असोज २०८१, ११ : ४४
काठमाडौँ । गायक एवं सङ्गीतकार टंक बुढाथोकी आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । उनले आइतबार चलचित्र विकास बोर्डमा यो नामबाट फिल्म दर्ता गरेका हुन् ।
टंक आफैले निर्माण निर्देशन गर्न लागेको फिल्मको लक्ष्मी गिरी कार्यकारी निर्माता र विनय अधिकारी सह–निर्मातामा छन् ।
सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्ने भएका छन् । यसै फिल्मबाट अर्का व्यक्ति रमेश बिक नायकको रूपमा डेब्यु गर्दैछन् । फिल्मको नायिका भने छनौटको चरणमा रहेको निर्देशक बुढाथोकीले बताए ।
टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका हुन् । तिहार लगतै फिल्म छायाङ्कनमा जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण