खेल जिते पनि टोट्टनहामलाई समर्थकको तनाव !
काठमाडौँ । इङ्लिस क्लब टोट्टनहामले प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलका क्रममा अशोभनीय नारा लगाउने समर्थकहरूमाथि कारबाही गरिने जनाएको छ ।
प्रिमियर लिगमा आइतबार राति टोट्टनहाम र म्यानचेस्टर युनाइटेडबिच खेल भएको थियो । उक्त खेलमा टोट्टनहामले म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा ३–० गोलले हराएको थियो ।
आफ्नो टोलीले म्यानचेस्टर युनाइटेडलाई हराएपछि उत्साही बनेका टोट्टनहामका केही समर्थकले समलैंगिकहरुको पक्षमा नारा लगाएका थिए । सो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो ।
‘यो घृणित कार्य हो । खेलका क्रममा यस्तो नारा लाग्नु झनै लज्जास्पद छ । यस्ता गतिविधिले फुटबल एसोसिएसनको नियम पनि उल्लङ्घन गर्छ । यस्तो गतिविधिमा संलग्न समर्थकले पक्कै पनि कारबाहीको भागिदार बन्नु पर्छ,’ टोट्टनहामले भनेको छ ।
टोट्टनहामले यस्तो अशोभनीय नारा लगाउने समर्थकको खोजी गर्न आफूहरुले स्थानीय प्रहरीसँग मिलेर काम गरिरहेको पनि जनाएको छ । टोट्टनहामले यस्तो नारा लगाउने समर्थकमाथि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ ।
उक्त खेलमा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ४२औँ मिनेटमा ब्रुना फर्नान्डेज रातो कार्ड पाउँदै बाहिरिएका थिए । टोट्टनहामका लागि खेलको तेस्रो मिनेटमा ब्रेनन जोन्सनले पहिलो गोल गरेका थिए । त्यसपछि टोट्टनहामका लागि निर्धारित समयको ४७औँ मिनेटमा डेजन कुलुसेभस्कीले दोस्रो र ७७औँ मिनेटमा डोमिनिक सोलान्केले तेस्रो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण