समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड, उडान दुई घण्टासम्म ढिला
सोमबार, १४ असोज २०८१, १५ : ३६
काठमाडौँ । यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् ।
यही कारण विमानस्थलका हरेक उडान १ देखि २ घण्टासम्म ढिला भइहरेको विमानस्थल कार्यालयले जनाएको छ ।
आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरेर ४२६ उडान तथा अवतरण भएका थिए । सोमबार पनि सोही हाराहारीमा उडान हुने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी गराएका छन् । ‘एकपटक धेरै यात्रुलाई सेवा दिनुपर्दा केही ढिलाइ भएको छ । पालोपालो गरेर उडान अवतरण गर्दा केही विमानलाई होल्ड गर्नुपर्ने अवस्था छ ।’
मौसम खुलेका कारण सोमबार बिहानैदेखि देशभरका विमानस्थलमा नियमित उडान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण