दैनिक एक हजारले चढ्छन् धरहरा, असोज २१ गतेसम्मको टिकट सकियो
काठमाडौँ । धरहरामा दैनिक एक हजार जनाले चढ्ने गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले दैनिक एक हजार जनाले धरहरा चढ्ने गरेको जानकारी दिएको हो ।
धरहरा सर्वसाधारणलाई अवलोकनका लागि असोज ३ गते संविधान दिवस एवं राष्ट्रिय दिवसको दिनदेखि खुला गरिएको थियो । ३ गतेदेखि हालसम्म दैनिक एक हजारले धरहरा अवलोकन गर्ने गरिएकोमा अबदेखि बने १५० जना शारीरिक अशक्तता भएकालाई पनि धरहरा अवलोकन गराइने जनाइएको छ ।
यसअघि दैनिक ६०० जनालाई अनलाइन बुकिङबाट अवलोकन गराइएकोमा अबदेखि शारीरिक अशक्तता भएका १५० जनालाई काउण्टरबाट अवलोकन गराइने जनाइएको छ ।
यस्तै धरहराको टिकट असोज २१ गत अर्थात एक सातासम्मका लागि बुकिङ भइसेको छ । प्रतिकूल मौसमका कारण आवतजावतमा कठिनाइ भएकाले आइतबार धरहरा प्रवेश बन्द गरिएको थियो । आइतबारको लागि टिकट बुकिङ गरेकालाई अर्को मितिमा धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
प्रत्येक हप्ताको बुधबार र सार्वजनिक बिदाको दिन (शनिबार बाहेक) प्रवेश बन्द गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण