दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेकोप्रति रास्वपाको ध्यानाकर्षण
काठमाडौँ । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई ध्यानाकर्षण गराएको छ । बजारमा महँगी बढेको तथा कालोबजारी बढेको जन गुनासो आएकाले रास्वपाले एक विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।
‘दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चय गरी बजारमा कृत्रिम अभाव सृजना गरिएको,कालो बजारले प्रशय पाएको भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्क्याउने प्रयास गरिएको मूल्य सूचि स्पष्ट नराखिएको चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको बिलबिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेन्टीको प्रत्याभूति नगरिएको लगायतका व्यापक जनगुनासो प्राप्त हुन आएकोले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हकको संरक्षण तथा संवर्द्धन गर्न,’ विज्ञप्तिमा भनिएको छ ।
उपभोक्तालाई प्रचलित कानुन बमोजिमको प्राप्त हकको प्रचलनको सुनिश्चितताको, वस्तु तथा सेवाको सहज आपूर्ति, मूल्य, परिणाम, शुद्धता, गुणस्तर र मापदण्डको सुनिश्चितता मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अखाद्य तत्त्वको मिसावटको नियन्त्रण गर्ने विषयमा राज्यको उपस्थितिको आम उपभोक्ता तथा नागरिकले महसुस गर्न नपाएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
व्यवसायीलाई आतङ्कित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशीघ्र र प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
_7iD8eCYpSR.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण