पृतनापति समन्वयात्मक बैठक २०८१ सुरु
काठमाडौँ । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता तथा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा पृतनापति समन्वयात्मक बैठक-२०८१ सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ । साथै, जङ्गी अड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुले समेत आ-आफ्नो जिम्मेवारी अनुरूपको प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।
बैठकलाई सम्बोधन गर्दै माननीय रक्षा मन्त्रीले दुई दिन परेको अविरल वर्षा पश्चात् आएको बाढी तथा पहिरोमा परी मुलुक आक्रान्त रहेको अवस्थामा प्रभावित भएका आम सर्वसाधारणहरूको उद्धार कार्यमा नेपाली सेनाले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै अझ तदारुकताका साथ कार्य गर्न निर्देशन दिएका छन्। उनले धर्म, क्षेत्र, जात आदिका नाममा मुलुकमा अवाञ्छित क्रियाकलाप बढाउन खोजिएको साथै अन्तर्राष्ट्रिय, क्षेत्रीय स्तरमा भएका द्वन्द्वले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पार्ने प्रभाव एवं राष्ट्रियता र राष्ट्रको रक्षा/प्रतिरक्षामा बारेमा यस बैठकले गम्भीर समीक्षा गर्दै निष्कर्ष निकाल्न सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै प्रधान सेनापति अशोकराज सिग्देलले केही दिन अगाडी परेको अविरल वर्षा र तत्पश्चात्को बाढी तथा पहिरोका कारण विशेष गरी प्रभावित कोसी, मधेस, बागमती प्रदेश लगायत आसपासका क्षेत्रहरूबाट घाइते, बिरामी र अलपत्र परेका नागरिकहरूलाई पैदल तथा हवाई साधनमार्फत उद्धार कार्य भइरहेको जानकारी दिए । उनले बाढी पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक सञ्जाल तथा राजमार्ग सुचारु गराउनको लागि नेपाली सेनाले स्थानीय तह र सुरक्षा निकायसँग हातेमालो गरी तदारुकताका साथ कार्य गरिरहेको समेत जानकारी गराए ।
प्रधान सेनापतिले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिहरूका सम्बन्धमा नेपाली सेनाले निरन्तर सूक्ष्म अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सृजना हुन सक्ने सुरक्षा चुनौतीहरूलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको उल्लेख गरे । उनले नेपाली सेनाको प्राथमिक जिम्मेवारी विशेषतः राष्ट्रको प्रतिरक्षा र आन्तरिक सुरक्षामा दिनानुदिन थपिँदै आएका विभिन्न प्रकारका चुनौतीहरूका बारेमा यस दुई दिने बैठकमा छलफल र विमर्श गरी नेपाली सेनाको योजनाहरूको पुनरावलोकन तथा सङ्गठनको क्षमता विकासको लागि आधुनिकीकरण लगायत योजनाहरू अद्यावधिक गरिने बताए।
कार्यक्रममा रक्षा सचिव श्री रामेश्वर दंगाल लगायत रथी एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण