भ्रष्टाचार मुद्दामा फरार जीवन थापा पक्राउ
सोमबार, १४ असोज २०८१, २० : २८
काठमाडौँ । भ्रष्टाचार मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएर पुल्चोक बस्ने जीवन थापा छन् ।
६९ वर्षका थापालाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरी अधिकारीले रातोपाटीलाई बताए ।
२०८० वैशाख १० मा विशेष अदालतले थापालाई २८ लाख ६३ हजार बिगो र १७ लाख १८ हजार जरिवाना हुने ठहर गरेको थियो । फैसलापछि उनी फरार थिए । उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको डीएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण