स्पेनिश लालिगा : लस पाल्मसविरुद्ध भिल्लारियलको शानदार जित
मङ्गलबार, १५ असोज २०८१, ०४ : ३०
काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा लस पाल्मसविरुद्ध भिल्लारियलले शानदार जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पाहुना टोली लस पाल्मसलाई ३-१ गोलले पराजित गर्यो ।
जितका लागि निकोलस पेपेले खेलको ४५ औँ मिनेटमा भिल्लारियलका लागि पहिलो गोल गरेका थिए ।
४७ औँ मिनेटमा पाल्मसका लागि फेभियो सिल्भाले जवाफी गोल फर्काएका थिए।
खेलको ८४ औँ मिनेटमा थिएमो बेरीले भिल्लारियलका लागि दोस्रो गोल गरेका थिए ।
अतिरक्त समयमा बायनाले तेस्रो गोल गरे ।
भिल्लारियलले पाँच खेलमा तीन जितसहित अंक तालिकामा तेस्रो स्थान सुरक्षित गरेको छ भने पाल्मसले कुनै जित पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण