जडिबुटीको होटलमा जुवातास खेलिरहेका सात जना पक्राउ
मङ्गलबार, १५ असोज २०८१, १२ : २९
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । होटेलका सञ्चालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण