जडिबुटीको होटलमा जुवातास खेलिरहेका सात जना पक्राउ
मङ्गलबार, १५ असोज २०८१, १२ : २९

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । होटेलका सञ्चालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन