नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन
काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार संघको साधारण सभासँगै भएको महाधिवेशनले एनआईसी एसिया क्यापिटलका सीईओ समेत रहेका रामेन्द्र रायामाझीको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङका मनिष नारायण जोशी, महासचिवमा गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई, कोषाध्यक्षमा एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिभान्त राज पाण्डे छन् ।
त्यस्तै, निर्वाचित कार्यसमिति सदस्यमा सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेख नाथ पोखरेल निर्वाचित भएका छन् ।
योसँगै विजय लाल श्रेष्ठ नेतृत्वको कार्यसमिति निवर्तमान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण