हिमनदी पग्लिन थालेपछि स्वीटजरल्यान्ड र इटलीले पुनः खिचे सीमारेखा

स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् । जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो हिस्सा हिमनदीले छुट्याएको छ । तर हिमनदी पग्लिन थालेपछि यी प्राकृतिक सीमा सरेका छन् । यस्तोमा दुबै देशले पुनः सीमा निर्धारण गर्न खोजेका हुन् । स्वीटजरल्यान्डले गएको शुक्रबार नै नव निर्धारित सीमा रेखालाई मञ्जुरी दिएको थियो ।
तर इटलीले अहिलेसम्म यो काम गरेको छैन । स् सन् २०२३ मा वीटजरल्यान्डले आयतनको ४ प्रतिशत हिमनदी गुमाएको गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । सन् २०२ मा स्वीटजरल्यान्डमा निकै थोरै मात्रामा हिउँ परेको एउटा वार्षिक प्रतिवेदनले देखाएको थियो । यो प्रवृत्ति दोहोरिँदै गयो भने सीमा समस्या झनै बढ्ने देखिन्छ । दुबै देशको आर्थिक हितअनुसार सीमा रेखा पुनः निर्धारण गरिएको शुक्रबार स्वीटजरल्यान्डले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?