हिमनदी पग्लिन थालेपछि स्वीटजरल्यान्ड र इटलीले पुनः खिचे सीमारेखा
स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् । जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो हिस्सा हिमनदीले छुट्याएको छ । तर हिमनदी पग्लिन थालेपछि यी प्राकृतिक सीमा सरेका छन् । यस्तोमा दुबै देशले पुनः सीमा निर्धारण गर्न खोजेका हुन् । स्वीटजरल्यान्डले गएको शुक्रबार नै नव निर्धारित सीमा रेखालाई मञ्जुरी दिएको थियो ।
तर इटलीले अहिलेसम्म यो काम गरेको छैन । स् सन् २०२३ मा वीटजरल्यान्डले आयतनको ४ प्रतिशत हिमनदी गुमाएको गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । सन् २०२ मा स्वीटजरल्यान्डमा निकै थोरै मात्रामा हिउँ परेको एउटा वार्षिक प्रतिवेदनले देखाएको थियो । यो प्रवृत्ति दोहोरिँदै गयो भने सीमा समस्या झनै बढ्ने देखिन्छ । दुबै देशको आर्थिक हितअनुसार सीमा रेखा पुनः निर्धारण गरिएको शुक्रबार स्वीटजरल्यान्डले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण