लुम्बिनी प्रदेशको सीमा क्षेत्रमा एकीकृत जाँच सेवा सञ्चालन गर्न मुख्यमन्त्रीको आचार्यको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशन दिएका छन् ।
प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना दाङमा गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सिमानाका कारण भारतबाट अवैध रूपमा मासु, दूध तथा कृषि उपजका सामाग्रीहरू चोरी पैठारी हुँदा राजश्व चुहावट भइरहेको बताउँदै नियन्त्रण गर्नको एकीकृत जाँच गर्नुपर्ने बताए ।
भारतबाट नेपाल भित्रिने पर्यटकहरूलाई ठाउँ ठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दूध भित्रिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकीकृत जाँचलाई कार्यान्वयनमा ल्याउने योजना अघि सारेको बताएका छन् ।
सीमा क्षेत्रबाट नेपाल भित्रिदा सवारी साधनको रुट परमिट लिनुपर्ने प्रावधान छ । तर, सीमा क्षेत्रमा त्यो सुविधा नहुँदा ट्राफिक प्रहरीले ठाउँ ठाउँमा जाँच गर्ने र जरिवाना गर्ने कार्यले पर्यटनमैत्री वातावरण निर्माण नभएको भन्दै अव देखि सीमा क्षेत्रबाटै सवारी साधनको रुट परमिट दिने व्यवस्था मिलाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।
उनले भन्सारबाट भित्रिदा एकीकृत सुरक्षा जाँच गर्नका लागि प्रदेश सरकारले कर्मचारी खटाउने त्यसमा यातायात र घरेलु कार्यालयमा पनि कर्मचारी मिलेर काम गर्ने व्यवस्था मिलाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण