समाचार
बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने
मङ्गलबार, १५ असोज २०८१, २० : १६
काठमाडौँ । अब बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।
मंगलबारको बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ ।
बाटोको अवस्था खराब भएपछि बिहान यातायात व्यवसायीहरू यातायात व्यवसायी टिकट बन्द गर्ने मनस्थितिमा पुगेका थिए । अहिले भने टिकट बुकिङको घोषणा नगरी अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय भएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण