प्रधान सेनापति ट्रफी-२०८१ मा उपत्यका पृतना प्रथम
काठमाडौँ । गत भदौ ३० गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफी-२०८१ खेलकुद प्रतियोगिता मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा समापन भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरू सहभागी थिए ।
उक्त प्रतियोगिताको समग्रमा श्री उपत्यका पृतना प्रथम, श्री नं.१६ बाहिनी द्वितीय र श्री विशेष फौज बाहिनी तृतीय भएका छन् । यसैगरी गणतर्फ श्री पुरानो गोरख गण प्रथम, श्री जगदल गण र श्री भैरवनाथ गण समान अंकका साथ द्वितीय भएका छन् ।
जंगी अड्डाको खेल मैदानमा सम्पन्न समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगितामा प्रथम श्री उपत्यका पृतना तथा गणहरू मध्य प्रथम श्री पुरानो गोरख गणलाई ट्रफि, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कृत गरे ।
त्यसैगरी सोही अवसरमा प्रधान सेनापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विल चियर खेल प्रतियोगिता लगायत अन्य खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने ११ जना खेलाडीहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे ।
त्यसैगरी, प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरुलाई पूर्व प्रधान सेनापतिहरुले पुरस्कृत गरे । साथै वर्षभरीमा उत्कृष्ट खेलाडीको रुपमा छनौट भएका महिला र पुरुष खेलाडी १/१ जनालाई प्रधान सेनापति गौरव शम्शेर ज.ब.रा. अजेयबल ट्रफिद्वारा पुरस्कृत गरिएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न विधाहरुमा विजेता भएका खेलाडीहरुलाई अतिरथी निर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण