बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा
मङ्गलबार, १५ असोज २०८१, २१ : २५
काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान)को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।
बागमती च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ । खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले जनाएको छ ।
प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए । दसैँ लगत्तै छनोट खेल र कात्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए ।
प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण