नेपालद्वारा क्यानडासामु १ सय ४० रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले क्यानडासामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
खेलमा नेपालले शानदार सुरुवात गरेको थियो । ओपनरद्वय अनिल साह र आसिफ शेखले अर्धशतकीय साझेदारी गरे ।
साहले मात्र ३० बलमा ४१ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का प्रहार गरे । शेखले ३० बलमा ३० रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । दुवैले पहिलो विकेटका लागि ७० रन जोडे ।
त्यसपछि भने नेपालले लगातार विकेट गुमायो । १० औँ ओभरमा साहलाई गुमाएको नेपालले १३.५ ओभरमा कुशल मल्ललाई गुमाउँदा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो । मल्ल र कप्तान रोहित पौडेल मात्र ४–४ रन बनाउँदै पभेलियन फर्किए ।
त्यसपछि कुशल भुर्तेल १५ बलमा १३ रन बनाउँदै आउट भए । खेलको अन्त्यतिर गुल्सन झाले १६ बलमा २३ रन तथा दीपेन्द्र सिंह ऐरीले ९ बलमा १२ रनको योगदान दिए । करन केसीले २ बलमा ८ रन बनाए ।
शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । आजको खेलमा नेपाल दोस्रो जित निकाल्ने दाउमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण