नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको छ ।
सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
यसका अतिरितm बैंकले मृद्ध व्यवसाय कर्जा, अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सिमा रू.१० करोडसम्म रहेकोसमृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।
त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण