‘बेहुली फर्म मेघौली’ले परम्परागत विवाहमा व्यङ्ग्य गर्छ – निश्चल
काठमाडौँ । अभिनेता निश्चल बस्नेतले ‘बेहुली फर्म मेघौली’मा विवाहको नौलो पक्ष कथा बनाइएको बताएका छन् । फिल्म हेर्ने दर्शकले हलबाट फर्किदा केही नयाँ लिएर फर्किने उनको धारणा छ ।
‘म हलमा पुगेपछि फर्किँदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु,’ उनले भने ‘‘बेहुली फर्म मेघौली’ त्यो मामलामा सफल छ ।’
‘बेहुली फर्म मेघौली’ले पनि मनोरञ्जनसँगै बलियो सामाजिक म्यासेज दिने निश्चलको दाबी छ । ‘युवतीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यङ्ग्य गर्छ’ उनले थपे ।
‘बेहुली फर्म मेघौली’ घटस्थापनाको अवसर पारेर बिहीबार प्रदर्शनमा आउन लागेको फिल्म हो । उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सकस, समाज र परिवारले दिने दबाब र विवाह गर्ने युवतीले भोग्नुपर्ने तनावको विषयमा फिल्म निर्माण भएको हो । फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक समेत रहेका अभिनेता निश्चल बस्नेत छन् । फिल्मको निर्माता पनि दुवै हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमाको अलावा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा
-
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
-
प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन ४ करोड बढी रकम हस्तान्तरण
-
पहिलो संस्करणको विजेता इङ्ल्यान्ड र साविक उपविजेता दक्षिण अफ्रिका भिड्दै
-
फोन चोर नै पछुताउने गजबको फिचर ल्याउँदैछ गूगल