पर्साको महादेवपट्टिबाट ४२६/२६ नम्बरको पिलर बाढीले बगायो
बुधबार, १६ असोज २०८१, १२ : ३१
वीरगन्ज । पर्सामा आएको बाढीले नेपाल–भारत सिमानाबाट एउटा पिलर हराएको छ । जिल्लामा तीन दिन अगाडि आएको बाढीले नेपाल–भारतको सिमानामा पर्ने एउटा पिलर हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
जिल्लाको जिराभवानी गाउँपालिकास्थित ओरिया खोलामा आएको बाढीले नेपाल–भारतको महादेवपट्टिबाट पिलर हराएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार जिल्लामा आएको बाढीले सीमा स्तम्भबाट एउटा पिलर हराएको हो । प्रहरीका अनुसार नेपाल–भारत सिमानामा रहेको ४२६/२६ नम्बरको पिलर हराएको हो ।
बाढीले ३०/४० फिट जमिन कटान गरी पिलर बगाएको प्रहरीले जनाएको छ । हराएको पिलरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
-
इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण