समाचार
हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
बुधबार, १६ असोज २०८१, १३ : १३
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए ।
माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले रातोपाटीलाई बताए ।
सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण