लुम्बिनी प्रदेश सरकारद्वारा राहत वितरण गर्नको चालु आर्थिक वर्षमा ४० लाख निकासा
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनर्स्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ ।
प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको आधारमा उक्त रकम निकास गरिएको हो ।
साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरण अनुसार राहत तर्फ ३४ लाख ७५ हजार र पुनर्स्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
पुनर्निर्माणको लागी प्युठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायतमा विपद्मा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राहत वितरणमा प्रदेश सरकारको चुस्तता दिन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण