विपद् व्यवस्थापनमा चेम्बरले सघाउने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।
परिषद्का सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयलाई पालना गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
मल्होत्राले भने, ‘चाडपर्व नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितको सेवामा लाग्नुपर्ने अवस्था छ ।’ उनका अनुसार वर्षाको कारणबाट भएको भौतिक एवं मानवीय क्षतिको यकिन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्ने तयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ ।
गृह मन्त्रालयबाट गठित विपद् व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स पदेन सदस्यको रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण