काठमाडौँको नयाँ बसपार्कबाट १३ जना जुवाडे पक्राउ
बुधबार, १६ असोज २०८१, १९ : ४२
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कबाट प्रहरीले कौडी खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट ५ लाख ६ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ–२६ स्थित नयाँ बसपार्क मित्रनगरबाट पक्राउ पर्नेमा काभ्रे घर भएका सोम बहादुर तामाङ, सिन्धुपाल्चोकका कृष्ण बहादुर भुजेल, गोकर्णेश्वर घर भएका राज कक्षपति, गोकुल चौलागाईं, काभ्रेका चित्र बहादुर तामाङ र झापा घर भएका गंगाराम पाठक छन् ।
त्यस्तै, काभ्रेको पाँचखालका केशव नेपाल, खोटाङका चक्र बहादुर राई, काभ्रेका तेन्जिङ लामा, मोरङका सोहन कुमार मिश्र, काभ्रेका फुर्साङ तामाङ, खामसाङ लामा र रौतहटका विवेक लामा छन् । आरोपीहरू नयाँ बसपार्कको त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट पक्राउ परेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण