‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।
स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उनले जानकारी दिइन् । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको बताइन् ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताइन् । उनले भनिन्, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।”
कार्यक्रममा एसोसिएसनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गरे । एशोसिएसनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताए । उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलो पटक यति ठूलो कार्यक्रम गर्न पाएको बताए ।
एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् । एशोसिएशनले यसअघि भुटान र भारतसम्म मोटर र्याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
-
इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण