कप्तान पौडेलको अर्धशतक, नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तरगतको खेलमा नेपालले ओमानसामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको हो ।
टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५६ रन बनाए । उनले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, कुशल मल्लले २६ बलमा १९ रन बनाए । देव खनालले १८ बलमा १८ रन तथा विकेटकिपर आसिफ शेखले १४ बलमा १६ रन जोडे । उनले एक चौका र १ छक्का हिर्काए ।
अनिल साहले ५ बलमा ११ रनको योगदान दिए । उनले पनि एक चौका र १ छक्का प्रहार गरे । कुशल भुर्तेलले ४ बलमा ११ रन बनाए । उनले एक चौका र १ छक्का हिर्काए । गुल्सन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ रनमात्र जोड्न सके ।
ओमानका लागि फयाज बटले ४ ओभर बलिङ गर्दै मात्र २३ रन खर्चेर ३ विकेट लिए । कलिमुल्लाह, शकिल अहमद र अकिब इलियासले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण