दोहोरो आत्मघाती गोलले फेयेनोर्डसामु जिरोनाको लज्जास्पद हार
काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जिरोनाविरुद्ध फेयेनोर्डले जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा जिरोनाकालागि १९ औँ मिनेटमा डेभिड लोपेजले गोल गरे । तर जिरोनाले अग्रता बचाइरहन सकेन ।
२३ औँ मिनेटमा जिरोनाकै याङगेल हेरेराले हेडिङमार्फत् आत्मघाती गोल गर्दा फेयेनोर्ड बराबरीमा फर्कियो ।
३३औँ मिनेटमा एन्टोनी मिलाम्बोले गोल गर्दै फेयेनोर्डलाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा जिरोनाले पेनाल्टीको मौका समेत गुमायो । बोजन मियोभिस्कीले ६७ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।
डनी भान दे विकले जिरोनाका लागि ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । तर त्यसपछि पनि सम्हालिएर खेल्न नसेकेको जिरोनाका लागि ल्याडिस्लब क्रेसीको आत्मघाती गोल पराजयको कारण बन्यो ।
पहिलो खेलमा पराजय बेहोरेको फेयेनोर्ड दोश्रो खेलमा दुई गोल उपहारमा पाएर जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ । दुवै खेल गुमाएको जिरोना अंकविहीन छ ।
बुधबारै भएको अर्को खेलमा एटलान्टाले शख्तर डोनेस्कविरुद्ध ३-० को शानदार जित निकालेको छ ।
भेल्टिन्स एरिनामा भएको खेलमा एटलान्टाका लागि बेरत जिमसिति, एडिमोलो लुकमान र राउल बेल्लानोबाले १-१ गोल गरे । पहिलो खेलमा बराबरी खेलेको एटलान्टाले यो जितसँगै ४ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण