सलाह र एलिस्टरको गोलमा लिभरपुलको जित, प्रशिक्षक स्लटले बनाए कीर्तिमान
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको बुधबार राति सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले सजिलो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब बोलोग्नालाई २–० गोलले हराएको हो ।
च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो । लिभरपुलले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै लिभरपुलले अग्रता हासिल गरेको थियो । इङ्लिस क्लबका लागि पहिलो गोल एलेक्सिस म्याक एलिस्टरले गरेका थिए ।
लिभरपुलका लागि दोस्रो गोल भने ७५औँ मिनेटमा मोहम्मद सलाहले गरेका थिए । जारी सिजनको च्याम्पियन्स लिगमा लिभरपुलले घरेलु मैदानमा हासिल गरेको यो पहिलो जित हो । जितसँगै लिभरपुलका प्रशिक्षक अर्ने स्लटले पनि एउटा कीर्तिमान बनाएका छन् ।
उनी यसै सिजन लिभरपुलका प्रशिक्षक बनेका हुन् । उनको प्रशिक्षकत्वमा लिभरपुलले खेलेको नौमध्ये आठ खेलमा जित हात पारेको छ । यस्तो उपलब्धि हासिल गर्ने उनी लिभरपुलका पहिलो प्रशिक्षक बनेका छन् ।
लिभरपुलले यसअघि आफ्नो पहिलो खेलमा इटालियन क्लब मिलानलाई उसैको घरेलु मैदानमा ३–१ गोलले हराएको थियो । लिभरपुल ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । तालिकामा जर्मन क्लब बोरुसिया डर्टमन्ड पहिलो, ब्रेष्ट दोस्रो, बेनफिका तेस्रो र बायर लेभरकुजेन चौथो स्थानमा छन् ।
बोलोग्नाको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बोलोग्ना घरेलु मैदानमा साख्तर डोनेट्स्कसँग गोलरहित बराबरीमा रोकिएको थियो । बोलोग्ना एक अंकसहित तालिकाको २६औँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण