श्रीलङ्काली क्रिकेटर जयाबिक्रमामाथि एक वर्षको प्रतिबन्ध
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्काली क्रिकेटर प्रवीण जयाबिक्रमामाथि एक वर्षको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा परेपछि अब उनी क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।
आईसीसीको आर्थिक अनियमितता सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । २६ वर्षीय जयाबिक्रमा श्रीलङ्काका प्रभावशाली बायाँ हाते स्पिनर हुन् । गत अगस्तमा बिक्रमामाथि आर्थिक अनियमितताको आरोप लागेको थियो ।
उनले आफूमाथि लगाइएको आरोप स्वीकार पनि गरेका छन् । उनीमाथि छानबिनका क्रममा आईसीसी अन्तर्गतको समितिले मागेको कागजातहरू लुकाएको आरोप पनि लगाइएको छ । उनले लंका प्रिमियर लिगका क्रममा अवैधानिक तरिकाले आर्थिक लेनदेन गरेको बताइएको छ ।
जयाबिक्रमाले श्रीलङ्काका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले टेस्ट क्रिकेटमा पाँच खेल खेल्दै २५ विकेट लिएका छन् । उनले पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच र पाँच टी–२० अन्तर्राष्ट्रियमा दुई विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण